काठमाडौं – अक्षय तृतीयाकै दिन नेपाली बजारमा सुन र चाँदी दुवैको घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको जनाएको छ ।
सोमबारका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेसँगै ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो ।


























































