काठमाडौँ – प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावली तयार गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको समितिले बैठकले कार्यअवधिको १३ औं दिनमा मस्यौदाका सबै कुराहरू टुङ्गो लगाएर नयाँ नियमावली तयार गरेको मस्यौदा समितिका सभापति गणेश पराजुलीले जानकारी दिए । नियमावली मस्यौदाका शुद्धाशुद्धि र केही क्रमहरू मिलाउने काम मात्रै बाँकी रहेकाले मंगलबार त्यसलाई मिलाएर सभामुलाई बुझाइने उनले बताए ।


ADVERTISEMENT

# # #


कार्यपालिका र व्यवस्थापिका बीचमा भएका मतभिन्नताहरूलाई न्यूनिकरण गर्ने र जवाफदेहिता खोज्ने कामलाई नयाँ नियमावलीमा जोड दिइएको पराजुलीले जानकारी दिए । उनले संसदीय समितिहरुले कार्यपालिकालाई निर्देशन दिँदै गर्दा त्यसको जवाफदेहिता खोज्नका लागि समयसीमा तोकेर तीस दिनभित्र आफूले दिएको निर्देशनअनुसार कामकारबाही अगाडि बढेको छ कि छैन भनेको प्रगति विवरण माग्ने गरी बुँदा राखिएको बताए ।

त्यस्तै व्यवस्थापिकाले दिएका सबै निर्देशनको संशोधन वा पुनर्मूल्याङ्कनको लागि तीस दिनभित्रै जानकारी गराउनुपर्ने व्यवस्था पनि समावेश गरिएको उनले जानकारी दिए ।

त्यस्तै विधेयक निर्माणका क्रममा हुने गरेको ढिलाईलाई अन्त्य गर्न समयसीमा तोकेर प्रक्रिया अघि बढाउने बिषयलाई पनि प्राथमिकता दिइएको समिति सभापति पराजुलीले बताए । मस्यौदा समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार नै सकिदैछ ।