काठमाडौँ – राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद व्यवस्थापन र किशोरीहरूमाथिको साइबर बुलिङको बारेमा गृहमन्त्रीसंग छलफल गर्ने भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको समिति बैठकले आगामी बैंशाख १० गते मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाका साथै किशोरीहरूमाथिको साइबर बुलिङका घटनाका विषयमा गृहमन्त्रीसंग छलफल गर्ने निर्णय गरेको हो । त्यसलगतै किसानहरूको समस्याको सन्दर्भमा समेत छलफल गरिने समिति सभापति जयन्तीदेवी राईले जानकारी दिए । उनले तहगत संरचनाको विषयमा छलफलका लागि कार्ययोजना बनाइरहेको बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै समिति बैठकले समिति अन्तर्गतका बिभिन्न तीनवटा उपसमितिहरूको पुनर्गठन गर्ने निर्णय गरेको छ । संघीयता सवलीकरण उपसमिति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमिति र सामाजिक न्याय उपसमितिको पुनर्गठन गरिएको सभापति राईले बताए ।

समितिको कार्यक्षेत्र अन्तर्गत स्थलगत अध्ययन अनुगमनका लागि उपसमितिहरुलाई समेत क्रियाशील बनाइने उनको भनाई छ ।