काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।


ADVERTISEMENT

# # #


आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।