काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले ‘गेट आउट’ भन्दैमा आफूले कांग्रेस नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा देउवाले निर्वाचित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले नपाउने बताए ।


ADVERTISEMENT


रामचन्द्र पौडेल समेत सहभागी रहेको कार्यक्रममा देउवाले भने– म निर्वाचित भएर आएको सभापति हुँ । कसैले गेट आउट भन्दैमा गेट आउट हुन्नँ । अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहिँ प्रतिस्पर्धा गरौंला ।


ADVERTISEMENT

# # #


सभापति देउवाको कार्यकाल अब दुई वर्ष बाँकी छ । थप एक वर्ष  कार्यकाल थप्न पाउने अधिकार सभापतिलाई हुन्छ । निर्वाचनमा पराजयपछि कांग्रेसको एक समूहले सभापति देउवाको कार्यक्षमतामा प्रश्न उठाएका छन् भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग पनि गरेका छन् ।

तर, सभापति देउवाले निर्वाचनमा कांग्रेस पराजयको कारण एमाले(माओवादी एकता नै भएको बताए । अरु कारणले कांग्रेस नहारेको उनको दावी छ । पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारेको भन्ने पौडेल पक्षको निष्कर्षलाई उनले जवाफ दिएका हुन् ।

कार्यक्रममा देउवाले भने– यसपटक एमाले र माओवादी मिलेका कारणमात्र कांग्रेस हारेको हो । उनीहरु नमिल्दा पनि यसअघि दुईपटक कांग्रेसले चुनाव हारेकै हो । मैले किन जिम्मा लिने ?