काठमाडौं–अनिल कपूरले गत मे ८ तारिखमा छोरी सोनमको विवाह गरे । विवाहमा बलिउडका लगभग सबैजसो सेलिब्रिटीको उपस्थिती रह्यो । त्यतीबेला करिनाको ड्रेसिङ सेन्सले मानिसहरुको ध्यान आकृष्ट गर्यो भने रणबीर कपुर र आलियाबारे विभिन्न टिका टिप्पणीसमेत गरियो ।


ADVERTISEMENT


अनिल कपुरले बलिउडका लगभग सबैलाई सोनमको विवाहमा आमन्त्रण गरेका थिए तर तीमध्ये केही आफ्ना व्यस्तताका कारण उपस्थित हुन सकेनन् । उपस्थित हुन नसक्नेको सूचीमा थिइन्, दीपिका पादुकोण । हालै जब दीपिका र अनिल कपुरबीच भेट भयो तब दीपिकालाई देख्न बित्तिकै अनिलले भने – तिमीलाई धेरै मिस गर्यौं ।


ADVERTISEMENT

# # #


जवाफमा दीपिकाले भनिन्, ‘हो, थाहा छ मलाई । मलाई माफ गरिदिनुस्, म त्यतिबेला कान्समा थिएँ ।’

यद्यपी, सोनमको रिसेप्सनमा दीपिकाका प्रेमी रणबीर सिंहलाई मज्जाले नाचिरहेको देख्न सकिन्थ्यो । सोनम कपुर र रणबीर सिंह आफन्तसमेत पर्छन् ।