काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.१० अङ्कले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ ।


ADVERTISEMENT


आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ ।


ADVERTISEMENT

# # #


आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोलु हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रु ३७ करोड सात लाख ३५ हजार ९२१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख ७७ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ ।