काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरूङको राजीनामा माग राख्दै सिंहदरबारभित्रै पुगेर प्रदर्शन गरेको छ।
आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक चलिरहेका बेला सिंहदबारभित्र नेविसंघका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले नाराबाजी गर्दै गूहमन्त्रीको राजीनामा र मूल्यवृद्धिको विरोध गरेका थिए।
गृहमन्रीको राजीनामा र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै प्रदर्शन गरिएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए। नेविसंघका भुवन भट्ट, कुम्भराज देउवा, मञ्जन देवकोटा, प्रज्ञा योगी, सुनिल ऐडिलगायतले प्रदर्शन गरेका हुन्।


























































