काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


























































