काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको भन्दै चरित्र हत्या गर्ने प्रयास भएको तर त्यसमा आफ्नो कुनै स्वार्थ नभएको प्रष्ट पारेका छन्। मंगलबार नेपाल विद्युत प्राधिकरणको भवनमा पत्रकार सम्मेलन गर्दै घिसिङले सार्वजनिक खरिद कानुमा भएको व्यवस्था अनुसार लिड बल्ब खरिद प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे ।


ADVERTISEMENT


‘सार्वजनिक खरिद कानुमै भएको व्यवस्था अनुसार लिड बल्ब खरिदको प्रक्रिया अगाडि बढाइएको हो,’ पत्रकार सम्मेलनमा लिखित मन्तव्य दिँदै घिसिङले भने ‘यसमा लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने पवित्र उद्देश्यबाहेक अरु कुनै व्यक्तिगत स्वार्थ छैन।’


ADVERTISEMENT

# # #


साथै निर्देशक घिसिङले बल्बमा आफू वा आफ्नो टिमले पैसा खाएको प्रमाणित भए ‘देश छाडेर जाने’ बताएका छन्। प्राधिकरणमा बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले भने, ‘लिड बल्ब खरिदमा म र मेरो टिमको नियतमाथि शंका गरिएकोमा मलाई चित्त दुखेको छ। यसमा हामीले पैसा खाएको प्रमाणित भए देश छाडेर जान्छु।’

पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको बताउँदै घिसिङले भन् ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २र४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’ भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।

सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा मन्त्रालयअन्तर्गतको कम्पनीबाट २ करोड थान एलइडी (लाइट इमिटिङ डिओड) बल्ब किन्न दिने निर्णय गरेको थियो। उक्त निर्णय विवादित छ। सरकारले बिनाटेन्डर यति ठूलो परिमाणको बल्ब किन्न लागेको भन्दै केहीले यसमा अनियमितताको आशंका गरेका छन्।

कतिपयले भारतले ३८ भारूमा किनेको बल्ब नेपालले किन ६५ भारूमा किन्ने भन्दै प्रश्न पनि तेर्स्याएका छन्।