काठमाडौं–नायिका शिल्पा सेट्टीका छोरा ६ वर्ष पुगेका छन् । छोरा विआनको जन्मदिनको मौकामा शिल्पा सेट्टीले वृद्धाश्रममा फलफूल र मिठाई बाँडिन् । उनीसँग आमा सुनन्दा, श्रीमान् राज कुन्द्रा र छोरा विआन थिए ।


ADVERTISEMENT


शिल्पाले मिठाई र फलफूल बाँडिरहेको भिडियो आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् जसमा उनले सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया बढि पाइन् । एक प्रयोगकर्ताले लेखे, ‘नायिकाले सस्तो फलफूल बाँडेपछि यसबारे सोसल मिडियामा सार्वजनिक गरिन् ।’


ADVERTISEMENT

# # #


शिल्पाले पनि आफूमाथि कटाक्ष गर्नेमाथि जवाफ दिएकी छिन् ।

शिल्पाले ट्रोलरलाई जवाफ दिँदै भनिन्, ‘तपाईंले यस्तो सोच राख्नुहुन्छ, यो निकै दुःखको कुरा हो । भिडियो पोष्ट गर्ने मेरो एउटै उद्देश्य यो थियो कि यस्तो कामका लागि मानिसहरुलाई जागरुक गराउनु ता कि अन्य व्यक्तिहरुले पनि सहयोगको आवश्यकता परेका व्यक्तिलाई सहयोग गर्न अगाडि बढ्न सकून् । यो मेरो संस्कार हो जुन मलाई मेरा आमा–बुवाले दिनुभएको हो । उहाँहरुले हामीलाई धेरैजसो वृद्धाश्रम लिएर जानुहुन्थ्यो । म पनि मेरो छोरालाई यस्तै संस्कार दिइरहेको छु । देखावटी गर्नका लागि भिडियो पोष्ट गरिएको होइन ।’

https://www.instagram.com/p/BjCmUiWBNvS/?taken-by=theshilpashetty

शिल्पाको जवाफपछि ट्रोलरले आफ्नो कमेन्ट डिलिट गरिदिए ।

वृद्धाश्रमको भिडियो देखेर कतिले भने शिल्पाको तारिफ पनि गरेका छन् ।