रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित लाङ्टाङ ट्रेल रन आयोजना हुने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २३ गते लाङ्टाङ ट्रेल रन आयोजना हुने जनाएको हो ।


ADVERTISEMENT


प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्याञ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुने समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


समुद्री सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याञ्जिन गुम्बाबाट सुरु हुने यो दौड लाङ्टाङ गाउँ, घोडातबेला हुँदै स्याफ्रुबेँसीसम्म आइपुग्नेछ ।

प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन र सांस्कृतिक विविधताले भरिपूर्ण यो मार्गले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय धावकहरूको सहभागिता रहने बताइएको छ ।