काठमाडौं – खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन गम्भीर रुपमा छलफल भइरहेको बताइन ।


ADVERTISEMENT


मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री मेहताले उपत्यकाबासीलाई सहज रुपमा खानेपानी उपलव्ध गराउनका लागि निकै महत्वपूर्ण आयोजनाका रुपमा रहेको मेलम्चीलाई दिगो र सुरक्षित बनाउन पटकपटक छलफल भइरहेको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


मेलम्ची खानेपानी आयोजनामा अझै पनि केहि समस्याहरु रहेकाले दिर्घकालीन समाधान खोजिने उनको भनाइ छ । मन्त्री मेहताले बिभिन्न स्थानमा अलपत्र परेका खानेपानी आयोजनालाई पुरा गर्नका लागि मन्त्रालयले काम सुरु गरिसकेको उनको भनाइ छ ।

अलपत्र परेका आयोजनाहरूको निरन्तर अनुगमन भइरहेकाले आवश्यक बजेट व्यवस्थापन समेत गरिने उनको भनाइ छ ।