काठमाडौं – नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन मंगलबार २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९१५ रुपैयाँमा झरेको छ ।