लिभरपुल–आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण खेल लिभरपुलका गोलकिपर लोरिस कारियसका लागि यतिबेला दुःस्वप्न बनेको छ ।


ADVERTISEMENT


च्याम्पियन्स लिगको फाइनलमा उनको गल्तीको कारणले रियल म्याड्रिडले ३–१ ले खेल आफ्नो पक्षमा पार्यो । खेलपछि जर्मन गोलकिपर मैदानमै रुँदै किएभको स्टेडियममा रहेका लिभरपुलका समर्थकहरुसँग माफी मागेका थिए ।


ADVERTISEMENT

# # #


तर, समाजिक सञ्जालमा उनको आलोचना रोकिएको छैन । उनको समाजिक सञ्जल गालीसँगै ज्यान मार्ने धम्की र नाजी व्यङ्ग्यले भरिएको छ ।

उनीविरुद्धको गालीहरु यति नराम्रो थियो कि मर्सिसाइडको प्रहरीले यसबारे अनुसन्धान नै शुरु गरेको छ ।

प्रहरी प्रवक्ताका अनुसार फुटबल खेलाडीमाथि सामाजिक सञ्जालमा भइरहेको कमेन्ट र धम्कीप्रति प्रहरीको ध्यानाकर्षण भएको छ ।

‘यस्ता पोष्टहरुलाई हामी निकै गम्भिरताका साथ लिने गरेका छौँ । यसबारे अनुसन्धान गर्नेछौँ,’ उनले भने ।

२४ वर्षीय गोलकिपरले ट्वीटरमा समेत आफ्नो गल्तीका लागि माफी माग्दै खेलपछि आफू राम्रोसँग सुत्न पनि नसकेको बताएका थिए ।

तर, खेल सकिन नपाउँदै उनलाई रियलको १२ औँ खेलाडी भन्दै गाली गर्न शुरु गरे ।

 

त्यसपछि लोरिसको प्रेमिका भनिएकी मोडल इआन्थे रोसमाथि पनि आक्रमण केन्द्रित भएको थियो । तर, उनलाई समर्थन गर्नेहरु पनि समाजिक सञ्जालमा देखिए ।