काठमाडौं – यातायात व्यवसायीहरुले देशैभर समान रुपमा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गरेका छन् ।


ADVERTISEMENT


केन्द्र सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेपनि प्रदेश सरकारले समायोजन नगरेको भन्दै उनीहरुले देशैभर समान रुपमा सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात व्यवस्था बिभागले भाडा समायोजन गरेपनि प्रदेशमा समायोजन हुन नसकेको बताए । यस बिषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र बिभागका महानिर्देशकलाई समेत जानकारी गराइएको उहाले बताए । उनले संघीय सरकारले भाडा समायोजन गरेपछि सातै प्रदेशले त्यसका आधारमा तत्काल समायोजन गर्न माग गरे ।

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिलाई आधार मान्दै यातायात व्यवस्था बिभागले बुधबार नै ढुवानी र यात्रुवाहक दुवैमा ५ प्रतिशत वृद्धि गर्दै भाडा समायोजन गरेको छ ।