काठमाडौं – नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार लोकतान्त्रिक पद्धति, संवैधानिक मर्यादा र स्थापित राजनीतिक संस्कृतिप्रति अपेक्षित रूपमा ईमान्दार देखिन नसकेको बताएका छन् ।


ADVERTISEMENT


स्कुल अफ डेमोक्रेसी वाग्मति प्रदेशद्वारा काठमाडौंमा आयोजित उन्नत लोकतन्त्रका चुनौती विषयक बिमर्श कार्यक्रममा महरले संघीय संसदमा राष्ट्रपति द्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै सभाहलबाट बाहिरिनुलाई गलत र अस्वाभाविक व्यवहार भएको टिप्पणी गरेका छन् । “राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सरकारकै आधिकारिक दस्तावेज हो । यस्तो संवेदनशील र गरिमामय क्षणमा प्रधानमन्त्री बीचमै बाहिरिनु संसदीय शिष्टाचार र लोकतान्त्रिक संस्कारअनुकूल देखिँदैन,” महरले भने ।


ADVERTISEMENT

# # #


उनले लोकतन्त्र केवल निर्वाचनको प्रक्रिया मात्र नभई स्थापित मान्यता, परम्परा, संवैधानिक अनुशासन र राजनीतिक संस्कृतिको समष्टि भएको उल्लेख गरे । “पदभन्दा पद्धति ठूलो हुन्छ । राज्यका जिम्मेवार व्यक्तिहरूले आफ्नो व्यवहारबाट लोकतान्त्रिक मूल्य र संस्थागत मर्यादाको सम्मान गर्नुपर्छ,” उनले बताए ।

महरले पछिल्ला केही गतिविधिहरूले देशभित्र स्थापित मान्यता, मर्यादा र राजनीतिक परम्परामाथि प्रहार भइरहेको अनुभूति जनतामा बढ्दै गएको उल्लेख गर्दै सरकारलाई लोकतान्त्रिक आचरणप्रति गम्भीर बन्न भद्र चेतावनी दिएका छन् ।

“संविधान, संसद र राष्ट्रप्रमुखसँग जोडिएका विषयहरूमा सरकार अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ । बहुदलिय ब्यबस्थामा राजनीति दलहरु र नेतृत्व यस बिषयमा गम्भीर बन्नु जरुरि छ ।अन्यथा यस किसिमको सरकारि रबैयाले लोकतान्त्रिक संस्कृतिमाथि नकारात्मक प्रभाव पार्न सक्छ,” महरले बताएका छन् ।