काठमाडौं –  प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थाप्रतिको निष्ठामा कतै पनि शंका नगर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीकव तर्फबाट जवाफ दिँदै उनले अग्रगमनको बाटोमा जाने कुरालाई शंका नगर्न अनुरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले चुनावमा सु्शासनका मुद्दाहरू बोकेर हिँडेकाले त्यही अनुसार जनमतले अनुमोदन गरेको उल्लेख गरे । उनले ट्रेड युनियनहरू खारेज गर्ने विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि दिएका छन् ।

‘संघीय लोकतान्त्रिक व्यवस्थाप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ ,त्यसैले हामीले सुशासनका मुद्दाहरू उठाएका छौं । सरकारी सेवाभित्रको दलगत संगठन खारेज गरेको हो । हामीले वाचावपत्रमा नै यो राखेका थियौं ।

समग्र ट्रेड युनिनयन मुभमेन्टलाई खारेज गर्ने भनेको होइन।

दलगत संगठन मात्र खारेज गरेको हो’ उनले बताएका छन्।

अर्थमन्त्री वाग्लेले गिरिजाप्रसाद कोइाराला र मनमोहन अधिकारीहरूले इतिहासमा ट्रेड युनियन आान्दोलनबाटै उठेको कुरालाई स्मरण गराएका छन् ।