काठमाडौं – आगामी आर्थिक वर्ष २०८३ र८४ को बजेट सार्वजनिक गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री र अर्थमन्त्रीबीच उच्चस्तरीय छलफल भएको छ ।
प्रधानमन्त्री निवासमा भएको भेटमा मुलुकको वर्तमान आर्थिक अवस्था, राजस्व संकलन, विकास खर्च र आगामी बजेटका प्राथमिकताबारे विस्तृत कुराकानी भएको जनाइएको छ ।
सरकारले यसपटकको बजेटलाई उत्पादन, रोजगारी सिर्जना र आर्थिक सुधारमुखी बनाउने तयारी गरेको बताइएको छ ।
साथै, जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्ने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।
बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने, सुस्त बनेका विकास आयोजना अघि बढाउने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने रणनीतिमा सरकार केन्द्रित रहेको बताइएको छ ।
आगामी बजेटप्रति आम नागरिक र निजी क्षेत्रको चासो बढिरहेका बेला प्रधानमन्त्री र अर्थमन्त्रीबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


























































