काठमाडौँ – काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् ।
ऋषिकेश वाग्ले सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन पनि हुन र आजै देखि उनले कार्यभार पनि सम्हालेका छन्।


























































