विराटनगर –  बिराट मेडिकल कलेज टिचिङ अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, प्रभावकारी तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ न्युरो मेडिसिन तथा न्यूरो सर्जरी विभागका लागि छुट्टाछुट्टै अत्याधुनिक वार्ड र एचडीयू  सञ्चालनमा ल्याएको छ।


ADVERTISEMENT


अस्पताल प्रशासनका अनुसार न्युरो मेडिसिन विभागका लागि पुरानो भवनको पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड तथा ११ बेडको एचडीयू सञ्चालनमा ल्याइएको हो।


ADVERTISEMENT

# # #


त्यसैगरी, न्यूरो सर्जरी विभागका लागि नयाँ भवनको पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड र ११ बेडको एचडीयू सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले न्युरोलोजिकल तथा न्यूरोसर्जिकल समस्याबाट पीडित बिरामीहरूलाई अझ व्यवस्थित, सुरक्षित र विशेषज्ञ सेवामार्फत उपचार प्रदान गर्ने उद्देश्यले यी सेवाहरू विस्तार गरिएको जनाएको छ।्

नयाँ संरचना र आधुनिक उपकरणसहित सञ्चालनमा आएको वार्ड तथा एचडीयूले गम्भीर अवस्थाका बिरामीहरूको निगरानी र उपचारलाई थप प्रभावकारी बनाउने विश्वास अस्पतालले लिएको छ।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पछिल्लो समय विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गर्दै बिरामीलाई सहज, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा निरन्तर काम गर्दै आएको छ।