श्यामकुमार ठाकुर, सिरहा– मिर्चैया नगरपालिका ५ स्थित ब्रह्मचारी दामोदरानन्द क्याम्पस निमित्त प्रमुख उमेश साहले आफू असुरक्षित भएको बताउँदै सुरक्षाको माग गरेका छन् । क्याम्पसमै पत्रकार सम्मेलन गरी साहले सुरक्षाको माग गरेका हुन् ।


ADVERTISEMENT


निलम्बित क्याम्पस प्रमुख संजय साहले जेठ ३ गते क्याम्पसमै गुण्डाहरुलाई ल्याएर आक्रमण गरी घाईते बनाएको र प्रहरीमा उजुरी गर्दा पक्राउ गरेपनि ३ दिनमै छाडेपछि असुरक्षित बनेको साहले दुःखेसो पोखेका हुन् । उनले भने, ‘उनीहरु फेरी कुट्ने योजना बनाइरहेको थाहा पाएको छु । त्यसैले शान्ति सुरक्षाको माग गर्दछु ।’


ADVERTISEMENT

# # #


क्याम्पसमा आर्थिक अनियमितता गरेको, नियमित पठनपाठन गराउन ध्यान नदिएको, रकम लिएर शिक्षक नियुक्त गरेको लगायतका आरोपमा बैशाख २५ गते उच्च अदालत जनकपुर राजविराजले उनलाई निलम्बन गरेको थियो । क्याम्पस व्यवस्थापन समितिले समेत उनलाई निलम्बन गरिसकेको छ । तरपनि संजयले आफू नै क्याम्पस प्रमुख रहेको भनेर धाकधम्की लगाउने गरेको अन्य प्राध्यापकहरु बताउँछन् ।

क्याम्पसको वातावरण नै विगारेका र निमित्त प्रमुख उमेश साहको कुर्सीमा आएर बस्नु र गुण्डालाई ल्याएर आक्रमण गर्ने संजय साहलाई प्रशासनले संरक्षण दिएको आरोप पनि लागेको छ । मिर्चैयाका मेयर श्रवण यादबले पनि क्याम्पमा आएर आक्रमण गर्ने संजयलाई ५ हजार धरौटीमा छाडेर प्रशासनले ठूलो गल्ती गरेको बताए । उनले भने– ५ हजारमै छुट दिने हो भने त हामी कोही सुरक्षित रहन सक्दैनौं ।