काठमाडौँ– सशस्त्र द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर हुँदै जन्मकैदको सजाए पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई आम माफी दिएको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ सडकमा उत्रिएको छ ।


ADVERTISEMENT


गणतन्त्र दिवसको अवसर पारि आम माफी दिने मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि ढुंगेल आजै जेलमुक्त भएका थिए । यसो विरोध गर्दै नेविसंघले नांगै सडकमा उत्रिएर विरोध जनाएको हो ।


ADVERTISEMENT

# # #


श्रेष्ठ हत्याको अभियोगमा ढुंगेल द्वन्द्वकालमै साढे सातबर्ष जेल बसेका थिए । तत्कालिन पुनराबेदन अदालतले सफाई दिएपछि जेल मुक्त भएका ढुङगेल सर्बोच्चको आदेशसंगै गतकार्तिक १४ गते पुन जेल चलान भएका थिए ।

४० प्रतिशत सजाय भुक्तान भएको तथा राम्रो आचरण भएको भन्दै ब्यक्तिहत्यामा दोषी ठहर भई सजाय काट्दै गरेका ढुङगेललाई सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएको हो ।

मन्त्री परिषदको आईतबार बसेको बैठकले ढुंगेल सहित ८ सय १६ जनालाई माफी दिने गृहमन्त्रालयको सिफारिस स्वीकृत गरेको थियो ।