काठमाडौं – बुधबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुहरुले जनताका प्रश्न सरकारका मन्त्रीहरुलाई सोध्न चाहेको बताए ।


ADVERTISEMENT


जनताको मतबाट पदमा पुगेका प्रधानमन्त्री जनताप्रति जवाफदेही हुनैपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री र सरकारका मन्त्रीहरुलाई सांसदका प्रश्नको जवाफ दिनका लागि रुलिङको माग गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष साम्पाङले सरकार सदनप्रति उत्तरदायि नभएसम्म विरोध निरन्तर रहने जनए । सदनमा प्रधानमन्त्रीको उपस्थीतिको माग गर्दै श्रम संस्कृति पार्टीले सदनमा निरन्तर विरोध जनाउदै आएको छ ।