काठमाडौं – नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै प्रतिष्ठित “विश्वका शीर्ष १०० डाक्टर” सूचीमा समावेश भएका छन् ।


ADVERTISEMENT


‘द ग्लोबल समिट्स इन्स्टिच्युट’ले वार्षिक रूपमा सार्वजनिक गर्ने उक्त सूचीमा विश्वभरका चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने अग्रणी विशेषज्ञहरूलाई सम्मानित गरिन्छ ।


ADVERTISEMENT

# # #


“World’s Top 100 Doctors 2025” नामक सूचीमा दन्त चिकित्सा, अप्टोमेट्री, फार्मेसी, कायरोप्र्याक्टिक तथा शल्यचिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विशेषज्ञहरूलाई समेटिएको छ । सूचीमा क्लिनिकल उत्कृष्टता, नवप्रवर्तन, अनुसन्धान तथा नेतृत्वमा उल्लेखनीय सफलता हासिल गरेका पेशेवरहरूलाई स्थान दिइएको जनाइएको छ । साथै, विशेष चिकित्सा सेवामा ख्यातिप्राप्त विश्वका विभिन्न महादेशका चिकित्सकहरू यस सूचीमा समावेश छन् ।

नेपालबाट यस वर्षको सूचीमा डा. विकास देसारको नाम समावेश हुनु नेपाली चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । लामो समयदेखि दन्त स्वास्थ्य क्षेत्रमा सक्रिय डा. देसारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिकित्सा सेवामार्फत योगदान दिँदै आएका छन् ।

डा. देसारले भने, “विश्वका शीर्ष १०० डाक्टरहरूमध्ये आफूलाई देख्न पाउँदा मलाई अपार खुशी र गौरवको अनुभूति भएको छ । नेपालबाट यस प्रतिष्ठित सूचीमा समावेश हुन पाउँदा म अत्यन्त खुशी र गौरवान्वित महसुस गरिरहेको छु ।”