काठमाडौं – सशस्त्र प्रहरीमा रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चितवनस्थित बाहिनीपति डीआईजी अन्जनी कुमार पोखरेललाई बढुवाका लागि सिफारिस गरिएको छ।


ADVERTISEMENT


गृह मन्त्रालयको बढुवा समितिका सदस्य सचिव नारायण दत्त पौडेलका अनुसार मंगलबार उनलाई एआईजी पदमा बढुवा सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


पोखरेल विशेषगरी गोताखोर तालिम सञ्चालन गर्ने दक्ष प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनले सशस्त्र प्रहरीभित्र गोताखोर तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। विपद् उद्धार, नदी तथा जलक्षेत्रमा हुने खोज तथा उद्धार कार्यमा उनले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ।

इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित पोखरेल संगठनभित्र सुशासन स्थापित गर्ने अधिकृतका रूपमा चिनिन्छन्।