काठमाडौं- नेपाल आयल निगम मा नेतृत्व परिवर्तन भएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नागेन्द्र शाहलाई दिइएको हो। अर्को व्यवस्था नभएसम्मका लागि शाहले निगमको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्ने जनाइएको छ।

ADVERTISEMENT

निगममा लामो समयदेखि कार्यरत शाहलाई पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण तथा बजार व्यवस्थापनसम्बन्धी अनुभव रहेको बताइन्छ। नयाँ जिम्मेवारी पाएसँगै उनले इन्धन आपूर्ति प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

# # #

हाल अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उतारचढाव भइरहेका बेला निगममाथि आपूर्ति सहज बनाइराख्ने चुनौती छ। यस्तै, उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउने, भण्डारण क्षमता विस्तार गर्ने तथा सेवा प्रवाह सुधार गर्ने विषय पनि निगमका प्रमुख प्राथमिकतामा रहेका छन्।

निगम स्रोतका अनुसार शाहले दैनिक प्रशासनिक कामसँगै पेट्रोलियम पदार्थको आयात, वितरण र बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा विशेष ध्यान दिनेछन्।

ऊर्जा क्षेत्रसँग प्रत्यक्ष जोडिएको संस्थाका रूपमा रहेको निगमको नेतृत्व परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारको ऊर्जा तथा आपूर्ति व्यवस्थापन नीतिलाई कार्यान्वयन गर्न पनि नयाँ नेतृत्वले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल आयल निगम मा नेतृत्व परिवर्तन भएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नागेन्द्र शाहलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। अर्को व्यवस्था नभएसम्मका लागि शाहले निगमको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्ने जनाइएको छ।