काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


विद्यालय तहको शैक्षिक क्यालेन्डरलाई व्यवस्थित बनाउने उद्देश्यसहित केन्द्रले देशभरका विद्यालयलाई सोही अनुसार तयारी गर्न निर्देशन दिएको हो।


ADVERTISEMENT

# # #


हाल कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई सकिएसँगै विद्यार्थी भर्ना प्रक्रिया र नयाँ शैक्षिक सत्रको तयारी तीव्र पारिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समयमै भर्ना, पाठ्यपुस्तक व्यवस्थापन तथा शिक्षक व्यवस्थापन गर्न विद्यालयहरूलाई आग्रह गरेको जनाएको छ।

मन्त्रालयले यस वर्षदेखि शैक्षिक गतिविधिलाई नियमित र प्रभावकारी बनाउन समयमै पठनपाठन सुरु गर्ने नीति लिएको बताइएको छ। साथै विद्यालयहरूलाई विद्यार्थीमैत्री वातावरण निर्माण गरी गुणस्तरीय शिक्षामा ध्यान दिन पनि निर्देशन दिइएको छ।