म्याग्दी – गण्डकी प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्री ले बिहीबार म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा निर्माण गरिएको सिंगा तातोपानी प्रहरी चौकी भवनको उद्घाटन गरेका छन् ।
गण्डकी प्रदेश सरकारको सहयोगमा तीन करोड ५१ लाखको लागतमा निर्माण गरिएको उक्त भवन भूकम्प प्रतिरोधी क्षमतासहितको सुविधा सम्पन्न रहेको बताइएको छ ।
नवनिर्मित भवनले प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।



























































