काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई ले प्रधानमन्त्री बालेन शाह लाई सदनमा उपस्थित गराउन रुलिङ गर्न सभामुखसँग माग गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राईले प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै संसदलाई मर्यादित ढंगले अघि बढाउन प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले रुलिङ गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले प्रधानमन्त्री र सरकार सदनप्रति जवाफदेही नभएसम्म प्रतिपक्षी दलको विरोध जारी रहने उल्लेख गरे । हिजो निलो स्कार्फ बाँधेर विरोध गरिएको र आज प्लेकार्ड प्रदर्शन गरिएको उल्लेख गर्दै उनले बेलैमा सभामुख र सरकारको ध्यान जानुपर्ने बताए ।

पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजे पनि सभामुखको साथ प्राप्त नभएको उनको भनाइ थियो । राईले सरकार र प्रधानमन्त्रीलाई सदनप्रति ‘एलर्जी’ भएको जस्तो देखिएको टिप्पणी गर्दै सरकारले नै संसदको मर्यादा कायम गर्नुपर्ने धारणा राखे ।

सरकारले परम्परा भत्काउने नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप समेत उनले लगाए ।