काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनअन्तर्गत वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले कुल ५६ मत पाएका छन् भने, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । प्रधानले ६१ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत र अम्बिका पौडेलले २५ मत पाएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवारका समर्थकहरूले बधाई तथा शुभकामना दिएका छन् । महासंघको नेतृत्वमा नयाँ जिम्मेवारी पाएका दुवै नेताले निजी क्षेत्रको हित, उद्योग व्यवसायको प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
महासंघको निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयनका रूपमा चासोका साथ हेरिएको थियो । नयाँ नेतृत्वसँगै उद्योगी व्यवसायीहरूले आर्थिक सुधार, लगानीमैत्री वातावरण र व्यवसायिक समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेका छन् ।


























































