ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले शिक्षा क्षेत्र राष्ट्रको भविष्य निर्माण गर्ने आधार भएको बताएका छन्।
प्याब्सन जिल्ला कार्य समिति ललितपुरद्वारा आयोजित एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।


ADVERTISEMENT



मुख्यमन्त्री बानियाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै विद्यार्थीहरूको सफलता मेहनत, अनुशासन तथा अभिभावक र शिक्षकहरूको सहयोगको प्रतिफल भएको बताएका छन्।
उनले शिक्षालाई जीवन परिवर्तनको आधारका रूपमा लिन आग्रह गर्दै आगामी दिनमा अझ मेहनत र लगनशीलतासहित अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गरेका छन्। प्रविधिसंग सही तरिकाले काम गर्नु पर्छ, प्रविधिमैत्री हुँदै नेपाल र नेपालीलाई समृद्धितर्फ अगाडि बढाउनु छ,
निजी विद्यालयहरुले पनि प्रविधिमैत्रीका साथसाथै नैतिक शिक्षालाई जोड दिनुपर्छ।


ADVERTISEMENT

# # #



समाजलाई विकृत गरेर द्वन्द्वतीर लैजानु हुँदैन।एआईको माध्यमबाट हुने, नहुने कुरा गरेर हामीले प्रविधिलाई दुरुपयोग गर्नुहुँदैन ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।