चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सात वर्षअघि कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न सफलता हासिल गरेको छ ।


ADVERTISEMENT


प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवन प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि अपराध अनुसन्धान तथा फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाइएको क्रममा उक्त सफलता प्राप्त भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७६ साल मंसिर २३ गते खैरहनी नगरपालिका क्षेत्रमा भएको कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका पन्चदेव महतोलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । लामो समयदेखि फरार रहेका महतोको खोजी कार्यलाई तीव्र बनाइएपछि प्रहरी टोलीले उनलाई बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी टोलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका महतोमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।