काठमाडौं – नेपाली सेनाको नेतृत्वले जङ्गीअड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


त्यस अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।

नेपाली सेनाले यस्ता कार्यक्रमले सेवारत तथा अवकाशप्राप्त सैनिकबीच निरन्तर सम्बन्ध कायम हुनुका साथै प्राप्त सुझाव र अनुभवले राष्ट्रिय हित संरक्षण तथा राष्ट्रिय दायित्व निर्वाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।