काठमाडौं – प्रभु स्टक मार्केट लिमिटेड को सञ्चालक समितिको २०८३ वैशाख २५ गते बसेको ६३औं बैठकले रबिन्द्र ढकाल लाई कम्पनीको अध्यक्षमा चयन गरेको छ।
कम्पनीले ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटलाई प्रतिस्पर्धी तथा सशक्त स्टक ब्रोकर संस्थाका रूपमा स्थापित गर्ने विश्वास लिएको जनाएको छ। नवनियुक्त अध्यक्ष ढकाललाई कम्पनीले हार्दिक बधाईसमेत दिएको छ।
प्रभु बैंक लिमिटेड का चिफ म्यानेजरसमेत रहेका ढकाल बैंकिङ क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्।
हाल प्रभु बैंकले देशभर ३०० शाखा कार्यालय, २६१ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।


























































