काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेर सरकारमा जान तयार भएको संघीय समाजवादी फोरमले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह १२ बजेको लागि बैठक बोलाइएको हो ।


ADVERTISEMENT


बैठकले सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउने बताइएको छ । नेकपासँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने बताइएको छ ।


ADVERTISEMENT

# # #


यद्यपी फोरमा मन्त्री बन्नेको लागि आकांक्षी धेरै रहेकाले नाम टुंगो लगाउन सकस परेको नेताहरु बताउँछन् ।