काठमाडौं – नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


अफर अन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।


ADVERTISEMENT

# # #


दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । भोलि देखि १६ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्नका लागि मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म *1415*11# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ ।