एजेन्सी–‘आशिकी’ फिल्मबाट आफ्नो करियरको सुरुवात गर्ने बलिउड नायक राहुल रोय नयाँ फिल्मसहित फिर्ता हुँदैछन् । उनले सोसल मिडियामा आफ्नो नयाँ लुक सेयर गरेका छन् । राहुललाई नयाँ गेटअपमा चिन्न निकै गाह्रो छ । उनले नयाँ फिल्ममा एक मुस्लिमको भूमिका निभाउँदैछन् ।


ADVERTISEMENT


राहुलका अनुसार उनी तनवीर अहमदको फिल्म नाइट एण्ड फंगको सुटिङ गरिरहेका छन् । राहुलले सन् १९९० मा बनेको महेश भट्टको ब्लकबस्टर फिल्म आशिकीबाट आफ्नो अभिनयको सुरुवात गरेका थिए र चर्चित पनि भएका थिए । अब खबर यो छ कि उनी नितिन गुप्ताको निर्देशनमा बनेको फिल्म वेलकम टु रशियामा काम गर्दैछन् ।


ADVERTISEMENT

# # #


फिल्ममा उनले एक भ्रष्ट पुलिसको भूमिका निभाउनेछन् । फिल्मबारे कुरा गर्दै उनले भने, ‘फिल्मको कहानी संक्षिप्त र संतुलित छ । फिल्ममा लभ एंगललाई पनि निकै राम्रो तरिकाले देखाइएको छ र यसको गीत पनि निकै राम्रा छन् ।’

राहुल फिल्मबाट ब्रेक लिएपछि अष्ट्रेलिया गएका थिए त्यहाँ ८ वर्ष बिताएपछि उनी सन् २०१५ मा फिर्ता आएका थिए । स्मरण रहोस्, राहुलले सन् २००७ मा बिगबस सिजन एकको उपाधि पनि जितेका थिए ।