काठमाडौं- नेपाली कांग्रेसले जेनजी आन्दोलन सम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न माग गरेको छ ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले आयोगको प्रतिवेदनका बारेमा सामान्य छलफल भएको भन्दै सत्यतथ्य छानबिन गरेर कानुनसम्मत रूपमा प्रतिवेदनलाई अगाडि बढाउनुपर्ने बताएकी छन् । उनले प्रतिवेदनमा उल्लेख बिषयहरु सत्य भए त्यसलाई अघि बढाउन कांग्रेसको पूर्ण समर्थन रहने समेत उल्लेख गरेकी छिन्।


ADVERTISEMENT

# # #


प्रमुख सचेतक थापाले गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने बिषय गैर जिम्मेवार भएको टिप्पणी गरेकी छिन् । प्रधानमन्त्रीले सम्बोधन गर्न नसक्नुको कारणबारे जानकारी गराउन सक्नुपर्ने उनको भनाइ छ । संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिकालाई अझै शसक्त र प्रभावकारी बनाउने बिषयमा छलफल भएको  जानकारी दिएकी छिन्।

बजेटमा सरकारले भौतिक पूर्वाधारलाई भन्दा पनि स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने सुझावहरु आएको थापाले बताएकी छिन्। त्यस्तै बैठकमा संसदीय दललाई पूर्णता दिने र बिषयगत समितिको अध्ययनका लागि जिम्मेवारी दिने बिषयमा छलफल भएको उनको भनाइ छ ।