काठमाडौं- कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान र संघियता प्रति विभिन्न कोणबाट भईरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताएका छन् ।


ADVERTISEMENT


 १९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगर स्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले गणतन्त्रको उपलब्धि जनता सम्म पु¥याउन भईरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भईरहेको प्रति सजग हुन आग्रह गरेका छन्।


ADVERTISEMENT

# # #


उनले लोकप्रियतावादका नाममा भईरहेका क्रियाकलापले संघिय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त गरेका उपलब्धिहरु गुम्ने मात्र नभइ, मुलुकको स्वतन्त्रता, र्सार्वभौमसत्ता र अखण्डता नै संकटमा पर्ने तर्फसचेत हुन आग्रह गरेका छन् ।

सो कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि बाट निकालिएको झाँकी सहितको ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । गणतन्त्र दिवस समारोह समितिले आयोजना गरेको सो कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख, मंत्रीहरु, उच्चपदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।