काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा बिभिन्न कार्यक्रमको आयोजना गरि सगरमाथा दिवस मनाइएको छ ।


ADVERTISEMENT


सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । पर्यटन विभागका अनुसार आठ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा अग्ला हिमालमध्ये आठ वटा नेपालमा छन् ।


ADVERTISEMENT

# # #


दिवसका अवसरमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनको असरले बढ्दोरुपमा हिउँ पग्लिँदै जाँदा हिमताल नै जोखिम पर्न गई तटीय क्षेत्रका बस्ती र खानेपानीका मुहानमा प्रत्यक्ष असर परिरहेको बताएका छन् । उनले हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्वकै समुदायकै दायित्व भएकोे धारणा राखेका छन् ।

नेपालको पर्यटन र समृद्धिको मुख्य आधार हिमाल भएकाले यसको संरक्षण र सम्वद्र्धन गरेर मात्रै राष्ट्रिय स्वाभिमान र आर्थिक विकास सम्भव हुने भनाई छ । कार्यक्रममा  विश्वको सर्वोच्च शिखरसहित विभिन्न हिमालको आरोहण गरी विश्व कीर्तिमान राख्ने आरोहीलाई सम्मान गरिएको थियो ।