काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका बिषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएको छ ।


ADVERTISEMENT


मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले बिपक्षी दलहरुले राखेका बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बिपक्षी दलसंगको छलफलमा पनि आफुले यसबारे जानकारी गराएको तर सदनको विरोध नहटाउने जवाफ बिपक्षीबाट आएपछि एक साताका लागि सदन स्थगित भएको उनले बताए ।

उनले यसबीचमा राजनीतिक छलफल र सम्वाद हुने भन्दै जेठ २५ गते बस्ने बैठकमा अवरोध हट्ने दावी गरे । महामन्त्री बुर्लाकोटीले दसगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको देखिएकाले सीमा विवादलाई कूटनीतिक तवरबाट समाधानको पहल गर्नुपर्ने रास्वपाको स्पष्ट धारणा रहेको बताए । त्यस्तै भारतले मिचेको भूमि फिर्ता हुनुपर्छ भन्ने रास्वपाको मान्यता रहेको उनको भनाइ छ ।

उनले अव बस्ने प्रतिनिधिसभाको बैठकमा लगातार बजेटका बिषयमा छलफल हुने र समयमा नै पारित हुनेगरि अघि बढ्ने गरि बिपक्षी दलसंग सहमति भएको समेत जानकारी दिए ।