काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् ।


ADVERTISEMENT


महामन्त्री डा. धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् ।


ADVERTISEMENT

# # #


राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।

बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व ९अध्यक्ष राजेन्द्र लिङ्देन० को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिएपनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।

जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सब नामेट पार्ने मनोवृत्ति भएको हुँदा पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा लेखिएको छ ।