काठमाडौं–म्याद सकिएको दुई वर्ष हुँदा पनि स्वास्थ्य चौकी भवन निर्माण नगरेको भन्दै प्रहरीले गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका वडाध्यक्षसमेत रहेका निर्माण व्यवसायी नारायण श्रेष्ठलाई नियन्त्रणमा लिई छाडेको छ ।


ADVERTISEMENT


तत्कालै भवन निर्माण सक्ने कागज गराएर वडाध्यक्ष श्रेष्ठलाई छाडेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । मंगलबार पक्राउ परेका श्रेष्ठ बुधबार बिहान छुटेका हुन् ।


ADVERTISEMENT

# # #


‘छिटोभन्दा छिटो भवन निर्माण सक्ने कागज गराएर छाड्यौ’, प्रजिअ भट्टराईले भने, ‘उहाँ जनप्रतिनिधि पनि भएको हुनाले छिटो काम सक्नुहुन्छ भन्ने विश्वास छ।’

वडाध्यक्ष हुनुपूर्व नै श्रेष्ठले २०७१ वैशाख २१ मा धुलेखेल निर्माण सेवामार्फत भवन बनाउने जिम्मेवारी पाएका थिए । २०७३ असार ३ गतेसम्म भवन निर्माण सक्नुपर्ने भए पनि भवन अलपत्र छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले स्वास्थ्य चौकी भवन बनाउन करिब दुई करोडको ठेक्का लगाएको थियो ।

समयमै काम पूरा नगर्ने ५० जनाभन्दा बढी निर्माण व्यवसायीको नाम गृह मन्त्रालयमा पठाएको प्रजिअ भट्टराईले बताए । भूकम्पपछि सरकारी तथा दातृ निकायबाट सडक र विद्यालयलगायत विभिन्न पूर्वाधार पुननिर्माण गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीले काम नगर्दा पुननिर्माणको अलपत्र छ ।