काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बजेटलाई यथार्थवादी ढंगले कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने भएको छ । काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले बजेट कार्यान्वयनको ठोस आधार तय गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


जनताले चाहेको विकास र समृद्धिको चाहनालाई सम्बोधन हुने गरी बजेट कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।


ADVERTISEMENT

# # #


काँग्रेसले बाह्य लगानी भित्रयाएर मुलुकको राष्ट्रियतालाई कम्जोर बनाउने गम्भिर आशंका व्यक्त गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराएको छ । प्रमुख सचेतक खाँडले बजेटले नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिएको बताए ।

बैठकले बालकृष्ण ढुंगेलको बाँकि कैद सजाय मिनाहा गरेकोमा पनि आपत्ति जनाएको छ । संविधान र कानुन विपरित हुनेगरी ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने पनि प्रमुख सचेतक खाँडले बताए ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकि जेल सजाय मिनाहा गरेको थियो । काँग्रेसले ढुंगेलको आचरणमा पनि सुधार नआएको र उनलाई जेल सजाय मिनाह गर्ने सरकाको निर्णय विधिसम्मत समेत नभएको भन्दै आपत्ति जनाएको छ ।