काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी अभिव्यक्ति स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थीत भएर सच्चाउनुपर्ने बताएका छन्।


ADVERTISEMENT


बुधबार बसेकोे प्रतिनिधिसभा बैठकमा साम्पाङले प्रधानमन्त्रीले राखेको बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने कुरामा आफुहरुको असहमति रहेको भन्दै स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थीति भएर आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरामा आफुले जोड दिएको बताएका छन् । उनले प्रधानमन्त्री सदनमा आउन नसके लिखित रुपमा आफ्नो जवाफ दिन सक्ने उल्लेख गरेका छन् ।

सीमा लगाएतका बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिदा श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाएका छन् ।