काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्चाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिका वडा नंवर ८ ले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले केहि स्थानमा स्थानीयसंग यसअघि गरिएका प्रतिवद्धता पुरा नगरि बस्ती खाली गर्ने काम भएको भन्दै सरकारका तर्फबाट भएका कमीकमजोरीलाई सच्चाउनुपर्ने बताएका हुन् । लोकतन्त्रमा सरकारले आफुले गरेका निर्णयहरु तलमाथि गर्दिन भनेर सोच्न नहुने उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


सभापति थापाले नागरिकहरूले सरकारका निर्णयमाथि प्रश्न उठाए भने ती निर्णयहरू बदल्ने कुरालाई ठुलो इगोको बिषय बनाउन नहुने उनले बताएका छन्।

 थापाले पशुपति छेउछाउका बस्ती हटाउने बिषयमा समेत सरकारल पुनर्बिचार गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय कला संस्कृति र परम्पराको संवेदनशीलता नबुझिकन हठातमा निर्णय लिए त्यसको प्रभाव व्यक्तिलाई मात्रै नभइ जात्रा, पर्व, संस्कृति, परम्परा सवैलाई पर्ने उनको भनाइ छ ।

सभापति थापाले पशुपति नजिकका पुराना बस्तीहरुलाई हटाउने कुरा सँगसँगै थुप्रै कुराहरू मेटिएर जान सक्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका छन् भने कार्यक्रममा वडामा बसोबास गर्दै आएका बिभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ।