काठमाडौँ– काठमाडौँ जिल्लाको तीन नगरपालिकाबाट पाँच दलित महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।


ADVERTISEMENT


टोखा, दक्षिणकाली र कीर्तिपुर नगरपालिकाबाट पाँच दलित महिला निविरोध निर्वाचित भएका हुन् । टोखाको वडा नंं २ र ६ बाट क्रमशः प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए । दुवै जना नेपाली काँग्रेसका उम्मेदवार हुन् ।


ADVERTISEMENT

# # #


यस्तै, दक्षिणकालीबाट पनि दुई दलित महिला सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार वडा नं ३ र ९ मा क्रमशः कृष्णकाली दर्नाल र मीना परियार निर्विरोध निर्वाचित भएकी छन्। दुवै जना नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी हुन् ।

यस्तै, कीर्तिपुरका निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहका अनुसार वडा नं ८ बाट दलित महिला सदस्यमा सरस्वती परियार निर्विरोध निर्वाचित भएकी छन् । उनी भने नेकपा एमालेबाट उम्मेदवार बनेकी हुन्।

शङ्खरापुरको वडा नं २ र ८ मा दलित महिला सदस्य पदमा कसैको पनि उम्मेदवारी परेको छैन । निर्वाचन अधिकृत भुवनेश्वर पौडेलका अनुसार यी दुई वडामा दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी परेन ।