काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले घुँडा होइन पैतालाले टेकेर देशको रक्षा गर्ने गरेको दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आलीले पार्टीले पैताला टेकेर नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न पार्टी सक्षम भएको दाबी गरेका हुन् ।


ADVERTISEMENT


साथै आलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनका लागि पार्टी तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई आज लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशङ्का पैदा भएको बताए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगलाई निरीह नभई कानुनसम्मत रुपमा प्रस्तुत हुन पनि अध्यक्ष ओलीले आग्रह गरे । “देशलाई आतङ्कको राज र छाँयामा लान खोजिँदैछ । हिंसा, धाँधली, अनियमितता र बेथितिका काम भइरहेको छ” अध्यक्ष ओलीले भने, “हामी शान्ति र लोकतन्त्रका बाटोबाट अघि बढ्न चाहन्छौँ, यसलाई कमजोरी नठानियोस् ।”

उनले कुनै पनि झुट र असत्य सामग्रीलाई एमालेले प्रचार गरिरहनु नपर्ने बताउँदै आफूहरुले रेलको कुरा गर्दा खेलौना रेल ल्याएर तमासा देखाएको तर अहिले सबै पार्टीका घोषणापत्र र भाषणमा त्यही रेललाई अपरिहार्य आवश्यकता मानिएको उल्लेख गर्दै देशको एकता र समृद्धिका लागि एमाले आवश्यक छ भने ।