चितवन – एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको रत्ननगरस्थित बिन्देश्वरी आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ।


ADVERTISEMENT


सीमान्तकृत, न्यून आय भएका तथा पछाडि पारिएका वर्गका बालबालिकालाई प्राथमिकतामा राखेर सञ्चालन हुँदै आएको उक्त विद्यालयमा १२६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।


ADVERTISEMENT

# # #


विद्यालयमा ८५ भन्दा बढी चेपाङ समुदायका विद्यार्थीलाई आवासीय सुविधा सहित अध्ययनको अवसर प्रदान गरिएको छ।

विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउन तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले बैंकले झोला लगायत विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको हो।

एक कार्यक्रमका बीच एनआईसी एशिया बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाललाई ती सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा रत्ननगर नगरपालिका–१५ का वडाध्यक्ष आशिष तामाङ, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकले प्रदान गरेको सहयोगले विद्यार्थीहरूको अध्ययनलाई थप सहज बनाउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा समुदाय विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।